प्रहरीको दोश्रो जित

प्रहरीको दोश्रो  जित

काठमाडौं – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरीले शुक्रबार लगातार दोश्रो जित हात पारेको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा प्रहरीले प्रदेश ३ लाई ३–० गोलले पराजित ग¥यो ।

रोमन राणाले २ तथा राजेन्द्र कार्कीले १ गोल गरे । गण्डकी प्रदेश र प्रदेश २ ले १–१ गोलको बराबरी खेले । ३९ औं मिनेटमा गण्डकीका राजन नेपालीले १ गोल गरे । ५१ औं मिनेटमा प्रदेश २ का अर्जुन खड्काले बराबरी गोल फर्काए । प्रदेश ५ ले कर्णाली प्रदेशलाई ७–० गोलले हराउदै लगातार दोश्रो जित आत्मासात् ग¥यो ।

मोहम्मद शेख र मनीष गुरुङले २–२ गोल गरे भने अमन कुमार, सोनु लामा र रविकान्त कुमारले १–१ गोल थपे ।

प्रतिक्रिया दिनुहोस्