स्थानीय तहको स्रोत साधन विनियोजन, वितरण र परिचालनमा सरकार चनाखो हुनुपर्ने: विज्ञ

स्थानीय तहको  स्रोत साधन विनियोजन, वितरण र परिचालनमा सरकार चनाखो हुनुपर्ने: विज्ञ

काठमाडौं  विज्ञहरुले स्थानीय तहमा स्रोत साधनको विनियोजन, वितरण र परिचालनमा आउने चुनौतीका विषयमा सरकार चनाखो हुनुपर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु भइसकेको बेला ‘इन्स्टिच्युट फर स्ट्रयाटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च’ (आईसएसआर) पेभिलियन ग्रुपले संयुक्त रुपमा काठमाडौँको दरमार्गमास्थित पेभेलियन हलमा गरेको कार्यक्रमका सहभागीहरुले संघीय संरचनाअनुसार स्थानीय तह गठन भइसकेका तर स्रोतको वितरण, विनियोजन र परिचालनमा चुनौती रहेको बताएका हुन् ।

संसदको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल, पूर्व डीआइजी हेमन्त मल्ल, अर्थविद् डाक्टर कुसुम शाक्य लगायतले संघीय कोषबाट स्थानीय तहमा जाने वित्तीय समानुपातिक अनुदानसँगै राजश्वको बाँडफाँड लगायतका विषयमा चालु आर्थिक वर्षमा समस्या देखिएको भन्दै आगामी वर्षको बजेट निर्माणका बेला ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्