अब न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने

अब न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको छ । 

विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने र यसलाई समावेशी बनाई ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता आवेदन गर्न पाउने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । 

बोर्डले आजै यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्कासन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरलाई परिपत्रसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्