तामाकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

तामाकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

दोलखा ( हावा ) – तामाकोशी गाउँपालिकामा बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ सुरू भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं-७ स्थित हावाको खेल मैदानमा २०७५ चैत्र २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दोलखा जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख अतिथि डबल पाण्डेले आज गरेका हुन् ।

दोलखा – तामाकोशी गाउँपालिकामा बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ सुरू भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं-७ स्थित हावाको खेल मैदानमा २०७५ चैत्र २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दोलखा जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख अतिथि डबल पाण्डेले आज गरेका हुन् ।

सो प्रतियोगितामा भलिबल, हाइजम्प, लङ्ग जम्प, सटपुट तथा १००मिटर, २००मिटर, ४०० मिटर र ८०० मिटर दौड (छात्ररछात्रा) लगायतका खेलहरू हुनेछन् ।

आज भएको उदघाटन कार्यक्रमको अध्यक्षता तामाकोशी गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले गरेका थिए । त्यस्तै, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिरा थोकर, गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का केसी, तामाकोशी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइराला तथा खेलसँग सम्बन्धित महानुभावहरू अतिथिको रुपमा उपस्थित थिए ।

तस्विर : तामाकोशी गा.पा.को वेबपेजबाट

प्रतिक्रिया दिनुहोस्