रौतहटमा पनि हावाहुरी

रौतहटमा पनि हावाहुरी

रौतहट – मंगलबार बिहान आएको हावाहुरी र असिना पानीले रौतहटमा घर तथा बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ।असिनाले तरकारी तथा अन्नबालीमा समेत क्षति पुर्‍याउँदा किसान मर्कामा परेका छन्।धेरै गाउँमा बिजुलीका पोल भाँचिएको छ।धेरै स्थानमा विद्युत अवरुद्ध भएको छ।

देबाही गोनाही नगरपालिकाको धेरैजसो टोलमा घरको छाना उडाएर क्षति पुगेको मेयर धर्मेन्द्र पटेलले जानकारी दिएका छन् ।अधिकांशको घरको छानामा लगाइएको खपडा टायल फुटेका छन् भने फुसको छाना उडाएको छ।

केही स्थानमा रुख ढलेर केहीको घरमा क्षति पुगेको छ।हावाहुरीसँगै परेको असिना पानीले बृन्दावन नगरपालिका- १ खैराटोलका किसानले लगाउको गहुँ,मकै,तरकारी बाली नष्ट भएको र घरका छाना उडाएको स्थानीय बैजनाथ सहनीले बताए

प्रतिक्रिया दिनुहोस्