मिस्टर फिटनेस तथा फिजिक्स शनिबार

मिस्टर फिटनेस तथा फिजिक्स शनिबार

काठमाण्डौँ – फिटनेस फस्टको आयोजनामा पाँचौं मिस्टर फिटनेस फस्ट तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिप आउदो शनिबार हुने भएको छ ।  फिटनेश प्रतियोगितामा ५ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले आइतबार राजधानीमिा पत्रकार सम्मेलनमार्फन जानकारी गराए ।

फिटनेसतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दामाथिको तौल समूहबीचमा प्रतिस्पर्धा हुनेछ । यसमा फिटनेस फस्टका शाखाका खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउनेछ ।  प्रत्येक तौल समूहको विजेता खेलाडीले १० हजार उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रत्येक समूहको विजेता खेलाडीसँग प्रतिस्पर्धा गराइ प्रथम हुने खेलाडीले मिस्टर फिटनेश फस्टको उपाधि पाउने छन् ।

ओभरअल विजेताले ५० हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । यस्तै मेन्स फिजिक्स प्रतिस्पर्धामा १ सय ६५ सेन्टिमिटर मुनि र १ सय ६५ सेन्टिमिटर माथिका गरी दूइ फरक फरक समुहमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक उचाइ समूहका खेलाडीमा प्रथम हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा करव ४५ खेलाडी सहभागिता रहने बताइएको छ ।

सोही प्रतियोगिता दौराना विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्णधारी महेश्वर महर्जनलाई सम्मान गरीने आयोजकले जनाएको छ । नैकापमा हुने प्रतियोगितालाई गोर्खा ट्वीडले मुख्य प्रयोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्