सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छः मन्त्री बस्नेत

सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छः मन्त्री बस्नेत

काठमाण्डौ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काठमाण्डौ र अन्य ठूला शहरमा ३ सय वटा विद्युतीय गाडी चलाउनेबारे मन्त्रिपरिषदले निर्णय गरेर प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै मन्त्री बस्नेतले सरकार जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्व हरित वृद्धि संस्था (जीजीजीआई) सँग सम्झौता गर्न वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघ संस्थासँग सहकार्य बढाउन चाहेको पनि बताउनुभयो ।

मन्त्री बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रिक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वन सचिव डा. विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित शहरका क्षेत्रमा जीजीआईसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले प्रदुषण नियन्त्रणका लागि वातावरण ‘वातावरण स्वच्छ महाअभियान’ अघि बढाएको जानकारी गराउनुभयो ।

जीजीआईका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्वन उत्र्सजन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्