सोमबारदेखि मलेसियाका लागि कलिङ भिसा लागेका कामदारलाई श्रम स्वीकृति वितरण खुल्ला

सोमबारदेखि मलेसियाका लागि कलिङ भिसा लागेका कामदारलाई श्रम स्वीकृति वितरण खुल्ला

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबारदेखि मलेसियाका लागि कलिङ भिसा लागेका कामदारको हकमा श्रम स्वीकृति वितरण खुल्ला गरेको थियो ।

गत जेठ महिनादेखि बन्द भएको मलेसिया (कलिङ भिसा लागेका श्रमिक मात्र) जान पाउने गरी गत सोमबारदेखि श्रम स्वीकृति जारी गर्न मन्त्रालयले सम्बन्धीत निकायलाई पत्राचार गरेको थियो ।

मलेसिया जानका लागि कलिङ लागेका कामदार हकमा अन्तिम श्रम स्वीकृति खुलेपनि कुनै पनि श्रमिकले आवेदन नदिएको ताहाचलस्थित श्रम कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागले कलिङ भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति वितरण गर्ने पत्रचार गरेपनि मंगलबारसम्म एक जना श्रमिक कलिङ भिसाका लागि आवेदन दिन नआएको ताहाचलस्थित श्रम कार्यालय प्रमुख देवेन्द्र कार्कीले जानकारी दिए । कार्यालयले गत सोमबारदेखि कलिङ भिसा लागेको कामदारलाई अन्तिम श्रम स्वीकृति वितरण गर्नका लागि सम्बन्धित निकायमा सूचित गराएपनि हालसम्म एउटा आवेदन नपरेको उनको भनाइ छ ।

विभागले श्रमिकलाई अन्तिम श्रम स्विकृतिका लागि सहजीकरण गर्न भन्दै वैदेशिक रोजगार व्यवसायी संघ र श्रम कार्यालय ताहाचललाई आइतबार पत्राचार गरेको थियो । सोमबारदेखि नै कलिङ भिसाका लागि श्रम स्वीकृति जारी गर्ने भनिएपनि कामदार र म्यानपावर व्यवसायीले नै आवेदन लिएर नआएको कार्यालयले जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि संस्था नै खडा गरि विभिन्न शीर्षकमा आर्थिक ठगीमा संग्लन संस्था खारेज गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्