काठमाडौं मल व्यापार संघका पदाधिकारीको सामुहिक राजिनामा

काठमाडौं मल व्यापार संघका पदाधिकारीको सामुहिक राजिनामा

काठमाडौं – काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले मनोमानी ढंगले काम गरेको तथा एकल निर्णय गर्ने गरेको भन्दै काठमाडौं मल व्यापार संघका पदाधिकारीहरुले संयुक्त रुपमा सामुहिक राजिनामा दिएका छन् ।

अध्यक्षको दादागिरीबाट आतंकित भएको भन्दै १० जना कार्य समिति सदस्य मध्ये ९ जनाले सामूहिक राजिनामा दिए पश्चात “द काठमाडौं मल ब्यापार संघ” का अध्यक्ष महरा अल्पमतमा परेकी छिन।

महराले उच्च ओहोदामा रहेका व्यक्तिहरुको नाम लिदै धाक धम्कि दिएको भन्दै पदाधिकारीहरुले आफुहरु आजित भएको बताएका छन् । “आफैंले व्यवसाय गरेको चौंथो तल्लामा दिउँसै खुर्सानी बालेर ग्राहक र कामदारहरु भागाभाग बनाउने गरेको अनि आफै प्रहरी मलमा बाेलाएर तुच्छ व्यवहार देखाउने गरेकोले आजित भैसकेका छौ ,फेरि यो राजिनामा दिएका पदाधिकारी उपर झुट्टा केश गर्ने त होईन भनेंर शशंकित छौ , निज दोहोरो तेहोरो थर/वतन फेरि रहनाले पनि नागरिकता/ बिवाह दर्ता लिएको उपर सम्बन्धित निकाय राज्यले छानबिन गर्न आब्हान समेत गरिएको छ।” एक पदाधिकारीले नाम नबताउने सर्तमा बताए । 

व्यवसायीहरुले सामाजिक संजालमा महरा प्रति आक्रोस व्यक्त गरेका छन् । संञ्चयकोषको मातहतमा आएपछि व्यवसायीले अब आरामसँग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर काठमाडौं मल व्यापार संघको नेतृत्वको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् ।

काठमाण्डौं मलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिएकी हुन् तर सुरुवात बाट नै महरा थप विवादित बन्न पुगेकी छिन ।

प्रतिक्रिया दिनुहोस्