नेपालमा फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु: कुलमान घिसिङ

नेपालमा फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु: कुलमान घिसिङ

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङले नेपालमा फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु भएको बताउनु भएको छ । 

सोमबार प्राधिकरण कार्यालयमा भएको पत्रकार सम्मेलनमा सीईओ घिसिङले आफूहरुको उज्यालो नेपाल अभियानमा केही मान्छेले डिस्टर्ब गरेको बताउनुभयो । 

पत्रकार सम्मेलनमा उहाँले भननुभयो, ‘विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले नै केही मिडिया र व्यक्तिलाई परिचालन गरी देशलाई अँध्यारोमा लैजान चाहेका छन् ।’

उहाँले विगतमा प्राधिकरणलाई डुबाउनेहरुले नै अहिले डिस्टर्ब गरेको उल्लेख गर्दै भन्नुभयो, ‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई डिस्टर्ब गरेका छन् । उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन । रातदिन नभनी हामी देशलाई उज्यालो बनाइरहेका छौँ । देशलाई अँध्यारो बनाउन चाहनेले बेलैमै विचार गरुन् ।’

आफूहरुको काम नागरिकले मुल्यांकन गरेको भन्दै  सीईओ घिसिङले प्राधिकरण नाफामा गएको केही मान्छेलाई मन नपरेको बताउनुभयो ।

प्राधिकरण ध्वस्त बनाउन चाहनेहरुलाई नागरिकसामु ल्याउन उल्लेख गर्दै घिसिङले भन्नुभयो, ‘प्राधिकरण ध्वस्त बनाउने गिरोहलाई एमडीले टुलुटुलु हेरेर बस्न सक्दैन । यो चानचुने एमडी होइन । हामीलाई डिस्टर्ब  गर्नेहरुको वास्तविकता पत्ता लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्