कस्तो रहन्छ आगामी तीन दिनको मौसम

कस्तो रहन्छ आगामी तीन दिनको मौसम

काठमाडौं – देशका धेरै ठाउँको मौसम बदली भएको छ । शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाण्डौसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने मौसमविद्को अनुमान छ ।

नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मौससमा बदली भएको जनाईएको छ । आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ ।

(आइतबार):

दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति: देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा र पश्चिमि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

(सोमबार):

दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति: देशका पूर्वी भु-भागहरुमा सामान्य बदलि र बांकि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

 (मंगलबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

राति: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्