‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा रिलिज

‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा रिलिज

नन्दिताले अमेरिका पुगेर अभिनय गरेको एक चलचित्र युटुबमा सोझै रिलिज गरिएको छ । ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा रिलिज गरिएको हो ।

यो चलचित्रलाई इश्वर थापाले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सबै नेपालबाहिर रहेको र वितरकसँग बारम्बार ताकेता गर्न नसकेका कारण सोझै युुटुबमा चलचित्र रिलिज गरिएको थापाले बताए । चलचित्रको लगानीको ८० प्रतिशत अमेरिका र क्यानडाबाट उठिसकेको जानकारी समेत उनले दिए ।

चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल लगायतको अभिनय छ । चलचित्रलाई राजेश गुरुङ, मन्जु राना, संझना उप्रेतीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्