बारा र पर्साका हावाहुरी पिडितलाइ प्रदेश राज्य मन्त्री मण्डलद्वारा एक महिनाकाे तलव दिने घाेषणा

बारा र पर्साका हावाहुरी पिडितलाइ प्रदेश राज्य मन्त्री मण्डलद्वारा एक महिनाकाे तलव दिने घाेषणा

आलोक यादव,  सिरहा – प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पनि बारा–पर्सा हावाहुरी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

राज्यमन्त्री मण्डलले आफ्नो एक महिनाको तलब हावाहुरी पीडितलाई दिने बताएका छन् । उनले सोमवार बारा–पर्सा पुगेर हावाहुरीले वितण्डा मच्चाएको स्थलको निरीक्षण र पीडितहरुको पीडा बुझेका थिए ।

प्रदेश २ सरकारले घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई ३ लाख सहयोग गर्ने निर्णय सोमवार नै गरिसकेको छ । साथै घाईतेहरुको उपचार खर्च  पनि व्यहोर्ने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्