बार चुनाव : लोकतान्त्रिक समूहका पोखरेल अगाडि

बार चुनाव : लोकतान्त्रिक समूहका पोखरेल अगाडि

काठमाण्डाै – कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ । 

उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले एक हजार ७८६ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ । पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५६१ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले एक हजार ७८५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले एक हजार ४७५ मत प्राप्त गर्नुभएको छ । अहिले उपत्यकाको एक हजार २८९ मत गणना हुन थालेको उहाँले जानकारी गराउनुभयो ।

यस्तै भोलि दुई हजार ५७५ मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्