फिल्म ‘रातो टीका निधारमा’ मा नायिका साम्राज्ञी शाहको पारिश्रमिक १६ लाख

फिल्म ‘रातो टीका निधारमा’ मा नायिका साम्राज्ञी शाहको पारिश्रमिक १६ लाख

काठमाडौं – ०७६ सालको दशैँको मौका पारी रिलिज गरिने भनिएको फिल्म ‘रातो टीका निधारमा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भएकी छिन् । उनले यो फिल्मका लागि १६ लाख पारिश्रमिक लिएको बुझिएको छ ।

अशोक शर्माले निर्देशन गर्ने यो फिल्ममा केही दिनअघि मात्र नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । त्यसको केही दिनमा साम्राज्ञीले फिल्ममा महंगो पारिश्रमिक लिँदै अनुबन्ध भएकी हुन् ।

साम्राज्ञी र नीतासँगै यो फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माले पनि फिल्म खेल्दैछन् । स्रोतका अनुसार फिल्ममा अंकित र साम्राज्ञीको जोडी रहनेछ । यस्तै फिल्ममा रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको पनि अभिनय रहने बताइएको छ ।

फिल्मको छायांकन वैशाखबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्