भूउपग्रहका तस्वीर हेर्दाहेर्दै विपत्तिको खबर!

भूउपग्रहका तस्वीर हेर्दाहेर्दै विपत्तिको खबर!

काठमाडौं – बारा र पर्सा क्षेत्रमा आइतबार राति अत्याधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवानुमन महाशाखालाई थिएन ।

पूर्वानुमान महाशाखाको ड्युटीमा रहेका मौसम पूर्वानुमान अधिकृत मीनकुमार अर्याल आफैंले पनि बारा र पर्साको विपत्तिको अनुमान नै गरेका थिएनन् । साँझ एक्कासी भूउपग्रहले हावाको बेग पूर्वतिर फर्किएको देखायो ।

‘मैले हरेक १० मिनेटमा भूउपग्रहले पठाएको तस्वीर हेर्दै थिए । अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक ३/३ मिनेटमा हेर्न थाँले,’ उनले भने, ‘मौसमको संकेत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ । तर, यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासी वर्षा, हुन्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन।’

प्रविधिले सूचना आफूले लिन नसकेपछि फोन, म्यासेजबाट आफूले बास्तविक खबर सुनेको अर्यालले बताएको गोरखापत्रमा खबर छ ।

त्यस्तै सरकारले घाइतेको सम्पूर्ण उपचार गर्ने निर्णय गरेको, राहत, उद्धार र खाद्यान्हको प्रबन्ध मिलाउन सरकारले गृहमन्त्रालयलाई निर्देशन दिएको, प्रधानमन्त्री आफैं पीडितको अवस्था बुझ्न गएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रतिक्रिया दिनुहोस्