बारा र पर्सामा घटेको अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो मुलुक शोकमग्न (फोटोफिचर)

बारा र पर्सामा घटेको अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो मुलुक शोकमग्न (फोटोफिचर)

काठमाडौंआइतबार राति आएको हावा र हुरीले बारा र पर्सामा अकल्पनीय क्षति भएको छ । अहिलेसम्म जानकारीमा आएसम्म बारा र पर्सामा गरी ३२  जनाको मृत्यु भएको छ । भने ५ सय भन्दा बढी घाइते भएका छन् । मृतको पहिचान खुल्न सकेको छैन ।

बारा र पर्सामा घटेको अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो मुलुक शोकमग्न बनेको छ ।

बारा र पर्सा जिल्लामा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख प्रकट गरेका छन् । उनले हावा हुरीबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण घाइते भएकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् । घटना रातिको समयमा भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

रगत अभावका कारण घाइतेकाे उपचारमा समेत समस्या देखिएको छ ।  प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

K P Sharma Oli@kpsharmaoli

भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
“नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।1,10711:26 PM – Mar 31, 2019Twitter Ads info and privacy391 people are talking about this

प्रतिक्रिया दिनुहोस्