घाँस काट्ने क्रममा लडेर ६ महिनाको गर्भवती महिलाको मृत्यु

घाँस काट्ने क्रममा लडेर ६ महिनाको गर्भवती महिलाको मृत्यु

तनहुँ – तनहुँको देवघाट गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर ६ महिनाको गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको देवघाट गाउँपालिका वडा नं २ बैदी बस्ने २५ वर्षीया रुपीमाया वंशी ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घर नजिकैको जङ्गलमा विहिबार साँझ घाँस काट्ने क्रममा लडेर घाइते भएकी रुपीमायालाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । दमौली अस्पतालमा उपचारको क्रममा लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

रुपीमायालाई अस्पतालमा पुगाए पनि बेलुकी ६ः४० अस्पतालले उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनका श्रीमान् ४ महिना देखि वैदेशिक रोजगारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्