प्रदेश २ मा एसईई परीक्षा अन्तर्गतको अनिवार्य सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो

प्रदेश २ मा एसईई परीक्षा अन्तर्गतको अनिवार्य सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो

काठमाडौं – एसईई परीक्षाा अन्तर्गत शुक्रबार हुँदै गरेको अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि प्रदेश नम्बर २ मा अग्रिम बाहिरिएको आशंका गरिएको छ । 

अनिवार्य विज्ञानको प्रश्नपत्र अग्रिम बाहिरिएपछि बिहीबारको परीक्षा सरेर चैत २२ गतेलाई सारिए पनि सोही राति नै शुक्रबार हुनुपर्ने सामाजिकको प्रश्नपत्र पनि बाहिरिएको आशंका गरिएको छ । 

प्रश्नपत्र बाहिर आएको भए पनि त्यो प्रश्नपत्र सक्कली हो वा नक्कली हो भन्ने छुट्टाउन लागिएको बुझिएको छ । 

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको हो । 

प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्