सप्तरीमा प्रहरी र भुमिहीनबिच झडप स् १० राउण्ड अश्रुग्यास प्रहार,११ जना पक्राउ

सप्तरीमा प्रहरी र भुमिहीनबिच झडप स् १० राउण्ड अश्रुग्यास प्रहार,११ जना पक्राउ

सुभेन्द्र दास, सिरह – सप्तरीको कंचनरुप नगरपालिका १ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गरी घर बनाउन आएका सयौं व्यक्तिलाई प्रहरीले धपाएका छन भने ११ जनालाई प्रहरीले पक्राउ समेत गरेका छन ।

सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिक कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका पाँच सयभन्दा बढी व्यक्तिलाई प्रहरीले बुधबार बिहान धपाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । एकै पटक धेरै संख्यामा आएका मानिसले जग्गा अतिक्रमण गर्न लागेको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीले घण्टौंसम्म सम्झाउँदा पनि उनीहरुले ठाउँ खाली गर्न मानेनन् । उनीहरुले नमानेपछि प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी उनीहरुलाई आरक्षबाट लखेटेको हो ।

उनीहरुले नजिकैको मानव वस्तीमा आश्रय लिएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रमण गरेर घर बनाउने उद्देश्यले पूर्वको झापादेखि पश्चिमको गोरखासम्मका व्यक्तिहरु भेला भएका थिए । दैनिक उपभोग्य सामाग्री, खाना पकाउने ग्याससहित बालबच्चा लिएका आएका थिए । झापा, धनकुटा, उदयपुर, भोजपुर, चितवन र गोरखासम्मका व्यक्ति आरक्षको खाली जग्गामा घर बनाएर वस्ती नै बसाउने योजनाका साथ आएका प्रहरीको भनाइ छ ।

कंन्चनरुप नगरपालिका १ स्थित कोशिटाप्पु एरीयामा रहेको मध्यवर्ती क्षेत्रमा मंगोल अर्गनाईजेसन १ नंम्बर प्रदेशका ईन्चार्ज शक्ती चाम्लीङ राई ९डा।गोपाल गुरुङ० को नेतृत्वमा नेपाल भरीका भुमीहिन मानीसहरुलाई बसोबास गराउनको लागी ठुलो संख्यामा भेला भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना स्थलमा ईलाका प्रहरी कार्यालय कंचनपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट समेत खटेको टोली तत्कालै घट्नास्थलमा खटिगई प्रहरीद्वारा सम्झाई बुझाई गर्दा नमानेको हुदा प्रहरीद्वारा सामान्य बल प्रयोग ९लाठी चार्ज० गरी, १० राउण्ड अश्रुग्याँस समेत भएको तथा फायर गरी भिड तितरबितर गरीएको साथै भिड नियन्त्रण गर्ने क्रममा मंगोल अर्गनाईजेसन केन्द्रिय सदस्य शक्ती चाम्लीङ राई ९१ नंम्बर प्रदेशका ईन्चार्ज० लगायत ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मंगोल अर्गनाईजेसन केन्द्रिय सदस्य ९१ नंम्बर प्रदेशका ईन्चार्ज ० शक्ति चाम्लिङ राई ,उदयपुरको चौदण्डीगढी न।पा। ८ बस्ने मिस्टर राई, सोही ठाउँका दुर्गा मगर ,बिक्रम राई , निर कुमार राई , सन्तोष राई ,मिलन राई , बासुदेब राई ,खोटाङको खोटेहाङ गा।पा।८ बस्ने नरेन्द्र राई ,सप्तरीको सप्तकोसी न।पा।१ बस्ने मन बहादुर गुरुङ र चितवनको राप्ती न।पा। १२ बस्ने कृष्ण प्रजा रहेको प्रहरीले जनाएको छ ।

यता नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्