हिमालयन उर्जा विकास कम्पनीले साधारण शेयर निष्कासन गर्दै, बैशाख २० देखि २५ गतेसम्म म्याद (पूर्ण सूचिसहित)

हिमालयन उर्जा विकास कम्पनीले साधारण शेयर निष्कासन गर्दै, बैशाख २० देखि २५ गतेसम्म म्याद (पूर्ण सूचिसहित)

काठमाण्डौँ – हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) ले चैत २० गतेदेखि सर्वसाधारणमा १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत सर्वसाधारणमा बिक्री गर्न लागेको हो। 

कम्पनीले शेयर सामूहिक लगानी कोषलाई निष्काशित शेयरको पाँच प्रतिशत बराबरको ७४ हजार २५० कित्ता र कर्मचारीहरुलाई दुई प्रतिशत बराबरको ४४ हजार ५५० कित्ता समेत कूल १४ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याउनेछ।

कमजोर रेटिङ्ग

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।

चैत २० देखि २५ गतेसम्म आवेदन दिन पाइने

आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्याहरु मार्फत ७७ जिल्लाबाटै आइपिओमा आवेदन गर्न सक्नेछन्।

यस्तै मेरो शेयर प्रयोगकर्ताले यसको प्रग गरेर शेयर भर्ने सुविधा रहेको छ। आईपिओ चैत २० देखि छिटोमा चैत २५ गते निष्काशन बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने बैशाख १९ गतेसम्म खुला रहनेछ।

५० देखि ६ हजार ५०० कित्तासम्म भर्न पाइने

आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ । संस्थापक सञ्चालक, र आयोजना प्रभावितका लागि शेयर खरिद गरिसकेका व्यक्तिले यस आईपिओमा आवेदन गर्न पाउने छैनन् ।

कम्पनीले यसअघि रामेछाप र दोलखा जिल्लाको आयोजना प्रभावित बासीन्दालाई यस अघि नै कार्तिक ६ देखि मंसिर ५ गतेसम्म ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरि पुस ६ गते बाँडफाँड गरिकेको छ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले धितोपत्र बोर्डबाट माघ २१ गते दोस्रो चरणमा १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँको शेयर साधारणका लागि निष्काशन गर्न स्वीकृति पाएको थियो।

कस्तो छ आयोजना ?

वि.सं. २०५६ सालमा स्थापना भएको यस कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती आईआई आयोजना निमार्ण गरेको छ। आयोजना रामेछाप र दोलखाको सीमामा पर्छ। 

आयोजनाको अनुमानित लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ। १२ मेगावाटको उपल्लो खिम्तीको विद्युत बाहल अवधि वि.सं. २१०४ पुस २ र ७ मेगावाटको अपर खिम्ती II आयोजनाको वि.सं. २१०६ चैत १२ सम्म बाहल रहनेछ।

चालु आवको अन्यमा दुई करोड एक लाख नोक्सानी व्यहोर्ने आयोजनाले आर्थिक वर्ष ०७६/७७ मा १३ करोड २९ लाख तथा ०७७/७८ मा ३१ करोड ३४ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने कम्पनीको प्रक्षेपण रहेको छ।

चालु आवको अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ७६ पैसा, ०७६/७७ मा ११३ रुपैयाँ ४३ पैसा तथा ०७७/७८ मा १३१ रुपैयाँ ६६ पैसा पुग्ने कम्पनीको अनुमान रहेको छ। 

उपल्लो खिम्ति तथा अपर खिम्ति २ जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रुपैयाँ रहेको छ । गी आयोजनाबाट लगानी फिर्ता हुन ६.२१ वर्ष लाग्ने विवरण पत्रमा उल्लेख छ । डिस्काउन्टेडमा लगानी फिर्ता हुने (पे ब्याक) अवधि भने ९.४३ वर्ष छ।

प्रतिक्रिया दिनुहोस्