एएफसी यू–२३ च्याम्पियनसिप छनोट, अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ च्याम्पियनसिप छनोट, अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं – एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्तको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अफगानिस्ताबीचको खेल कतारको दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा राति पौने दश बजेबाट शुरु हुनेछ ।

दुई खेल लगातार हारेको नेपाल आजको खेलमा सान्त्वना जीतको खोजिजमा रहने छ । पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो कतारसँग ५—० को अन्तरले पराजित भएको थियो । लगातार दुई खेलमा हार व्यहोरेको नेपाल समूह चरणबाट बाहिरि सकेको छ ।

अफगानिस्ताविरुद्ध मैदान उत्रिने नेपालको सुरुआती ११ मा यसअघिकै टिमले निरन्तरता पाएको छ । 

प्रतिक्रिया दिनुहोस्