पाँचवटा आधुनिक ब्रुमर आज बाट उपत्यकामा सञ्चालन

पाँचवटा आधुनिक ब्रुमर आज बाट उपत्यकामा सञ्चालन

काठमाडौं  काठमाडौं महानगरपालिकाले इटलीबाट ल्याएको पाँचवटा आधुनिक ब्रुमर आज बाट सञ्चालनमा ल्याएको छ ।

यसका लागि महानगरले विभिन्न पाँच वटा रुट पनि तय गरेको छ । काठमाडौं उपत्यकामा धुलोको समस्या समाधान गर्न महानगरले प्रति ब्रुमर २ करोड १७ लाख मूल्यमा ब्रुमर ल्याएको हो ।

यस्तो छ ब्रुमर सञ्चालन हुने रुटहरु–

रुट नं १– टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड–टेकु–त्रिपुरेश्वर–सुन्धारा–नयाँ सडक–जुद्ध सालिक–महाङकाल– जमल–लाजिम्पाट– शितल निवास–शिक्षण अस्पताल–नारायणगोपाल चोकसम्मको मुख्य सडक । त्यस्तै जमल–विश्वज्योति–घन्टाघर–भद्रकाली–शहीद गेट हुँदै सुन्धारासम्म ।

प्रतिक्रिया दिनुहोस्