सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता

सिंचाईमन्त्री वर्षमान पुन  र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता

काठमाण्डौँ – ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा आज (मगलबार) भएको भेटवार्तामा द्विपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले बङ्गलादेशी राजदूतबीच नेपाल र बङगलादेशको बीचमा भएका सहमति र सहकार्यका बारेमा समेत छलफल गर्नुभएकाे उहाँकाे सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै उक्त सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्