मुन्द्रेको कमेडी क्लबमा थपिईन कलाकार पवनकली

मुन्द्रेको कमेडी क्लबमा थपिईन कलाकार पवनकली

काठमाण्डाै – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यव्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा कलाकार लुनिभा तुलाधर थपिएकी छन् । 

उनी नेपाली दर्शकमाझ पवनकली नामले परिचित छिन् । 

यसअघि कार्यक्रममा दिपाश्री निरौला, जितु नेपाल, राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राई रहँदै आएका थिए । मुन्द्रेको कमेडी क्लबको अबको श्रृंखलामा भने लुनिभा तुलाधरलाई पनि देख्न पाइनेछ । 

कार्यक्रमले दर्शकको उत्कृष्ट साथ पाइरहेको छ । कार्यक्रमलाई अझ मनोरन्जनात्मक बनाउन नयाँ कलाकार थप गरिएको जितु नेपाल उर्फ मुन्दे्र बताउँछन् । 
सुरुवातमा केही आलोचना खेप्नु परे पनि पछिल्लो समय भने कार्यक्रमको लोकप्रियता बढ्दै गइरहेको छ । कार्यक्रले २५ औं एपिसोड पूरा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्