जापानसँग श्रम समझदारीमा सोमबार हस्ताक्षर हुँदै

जापानसँग श्रम समझदारीमा सोमबार हस्ताक्षर हुँदै

काठमाडौं  नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा हस्ताक्षर गरिएपछि आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।

एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानमा प्रविधिक कमिटिका अधिकारीहरूले हस्ताक्षर गर्दैछन् । सोही अनुसार आगमी अप्रिल १ गतेदेखि भाषा परीक्षाको तयारी हुने मन्त्रालयको भनाइ छ ।

१६ वर्ष अघि पनि नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच ‘जिट्को मोडल’मा समझदारी भएको थियो । जापान इन्टरनेसनलको ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मोडेल अन्तर्गत सन् २००३ मा विभिन्न क्षेत्रमा परीक्षार्थी कामदार आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा सहमति भएको थियो । जिट्कोमार्फत हालसम्म ३ सय परिक्षार्थी कामदार जापान पुगेको वैदेशिक रोजगार विभागको तंथ्याक छ । ती कामदारलाई विभिन्न म्यानपावर कम्पनीले पठाएका थिए ।

तर, सहमति अनुसार नेपालले जापानमा परीक्षार्थी कामदार पठाउन नसकेपछि अहिले ‘एमओसी’ प्रक्रियामार्फत नेपाली कामदार पठाउन लागेको हो । नयाँ प्रक्रिया र संरचनाअनुसार श्रम सम्झादारी गरेर कामदार रोजगारीमा पठाउन गरी हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार शाखा प्रमुख डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

श्रम मन्त्रालयले सरकारले रोजगारीका लागि नेपाली कामदारलाई जुनसुकै देश पठाउँदा सरकारीस्तरमा श्रम समझदारी गरेर मात्र पठाउने योजना लिएको श्रम मन्त्रालयका सहसचिव डा घिमिरेले बताए ।

उनले भने, ‘श्रम मन्त्रालयले रोजगार गन्तव्य देशसँग श्रम सम्झौता वा समझदारी गर्दा कामदारको मानव अधिकार, अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को मापदण्ड भित्र रहेर सेवा सुविधा, २४ घन्टे बीमा र कामदार लिँदा लाग्ने सेवा शुल्क रोजगारदाता देशले व्यहोर्नुपर्ने गरी सहमति हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्