एसइइ परिक्षाका लागि दोलखाबाट ३ हजार ३ सय ३ जना विद्यार्थी सहभागी भए

एसइइ परिक्षाका लागि दोलखाबाट ३ हजार ३ सय ३ जना विद्यार्थी सहभागी भए

दोलखा – चैत १० गते बाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा (एसइइ ) परिक्षाका लागि दोलखाबाट ३ हजार ३ सय ३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा जिल्लाबाट नियमित तर्फ ३ हजार २ सय ६२ जना र ग्रेडबृद्धि  तर्फ ४१ जना गरी ३ हजार ३ सय ३ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा विकास समन्वय ईकाइ दोलखाले जनाएको छ ।

एसइइको पहिलो दिन १० गते अनिवार्य अङग्रेजी, ११ गते नेपाली, १३ गते गणित, १४ गते विज्ञान, १५गते सामाजिक, १६ गते स्वास्थ्य तथा जनसंख्या, १७ गते ऐच्छिक प्रथम र १८ गते ऐच्छिक द्धितीय विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत वर्षको माध्यमिक शिक्षा (एसईई) परिक्षाका लागि दोलखाबाट ३ हजार ७ सय २० जना विद्यार्थी सहभागी भएका थिए । माध्यमिक शिक्षा (एसइइ) परिक्षाका लागि दोलखाको हलेश्वर माध्यमिक विद्यालय पनि केन्द्र तोकिएको छ ।

एसइइ परिक्षाका लागि गौरीशंकर गाउँपालिकामा रहेको हलेश्वर माध्यमिक विद्यालय सहित जिल्लाको भीमेश्वर नगरपालिकामा रहेका कालिञ्चोक माध्यमिक विद्यालय, भीम माध्यमिक विद्यालय, देवि माध्यमिक विद्यालय, सर्व माध्यमिक विद्यालय, महेन्द्रोद्धय माध्यमिक विद्यालय, कुटीडाँडा माध्यमिक विद्यालय, वुढाभिम्सेन माध्यमिक विद्यालय केन्द्र तोकिएको छ भने जिरी नगरपालिकाको जिरी माध्यमिक विद्यालय, वैतेश्वर गाउँपालिकाको हनुमन्तेश्वर माध्यामिक विद्यालय, वैतेश्वर माध्यामिक विद्यालय, तामाकोशी गाउँपालिकाको खिम्ती प्रोजेट स्कुल, मेलुङ गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालय, कालिञ्चोक गाउँपालिकाको कालिनाग माध्यमिक विद्यालय सुनखानी, र कालिनाग माध्यमिक विद्यालय सिँगटी, शैलुङ्ग गाउँपालिकाको दुर्गा माध्यामिक विद्यालय र विगु गाउँपालिकाको लामाबगर माध्यमिक विद्यालय गरी १९ वटा केन्द्र तोकिएको जिल्ला शिक्षा तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुुसार गत वर्षको परिक्षामा गौरीशंकर गाउँपालिकामा भने परिक्षा केन्द्रि तोकिएको थिएन् ।

प्रतिक्रिया दिनुहोस्