संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदै

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदै

काठमाडौं संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेदेखि शुरु भएको छ ।

दुबै सदनको अधिवेशन आजै अन्त्य गर्ने तयारी भइरहेको संघीय संसद सचिवालयले जनाकारी दिएको छ ।

पुस ११ देखि शुरु भएको हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिभामा २३ वटा विधेयक उत्पत्ति भएका थिए । तीमध्ये १३ विधेयक पारित भई प्रमाणीकरण भइसकेका छन् ।

त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएका सात विधेयकमध्ये तीन वटा विधेयक प्रमाणीकरण समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्