जलेर २ बालिकाको मृत्यु

जलेर २ बालिकाको मृत्यु

सुभेन्द्र दास, सिरहा — सिरहाको उत्तरवर्ती चुरे क्षेत्र धनगढीमाई नगरपालिका(१४ अमलीटारका २ बालिकाको शनिबार जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार गाईगोठमा लागेको आगलागीमा जलेर अमलीटारका दीपक धमलाका ६ वर्षीया छोरी दीक्षा धमला र नित्यराज पोखरेलका ७ वर्षीया छोरी रीतु पोखरेलको मृत्यु भएको हो ।

दिउँसो डेढ बजेतिर कोही नभएको बेला दीपक धमलाको गाईगोठमा आगो लागेको देखेपछि स्थानीय पुगेका थिए । गाईगोठ टाडमा दुई बालिका खेल्ने क्रममा आगो सल्किएको हुनसक्ने स्थानीयको अनुमान छ । आगलागीपछि दुई बालिका जलेको अवस्थामा गाउँलेले निकालेका थिए । धनगढीमाई नगरपालिका(१४ का वडाध्यक्ष ठरेन्द्र राईका अनुसार आगलागीमा गोठ जल्नुका साथै एउटा गाई समेत जलेको छ ।

जलेर मृत्यु भएकी दीक्षाका बुबा दीपक धमला जिरोमाइलस्थित अस्पतालमा हुँदा दिउँसो गोठमा आगलागीमा छोरीको मृत्यु खबर पाएपछि घर हिँडेका थिए । आगलागी घटना हुँदा दीपक बुबा भवनाथको उपचारका लागि जिरोमाइलस्थित अस्पतालमा थिए ।

ुबुबालाई उपचार गराउन बिहान ९ बजेतिर जिरोमाइल पुगेँ,ु दीपकले भने, ुदिउँसो यस्तो घटनाको खबर आयो ।ु पूर्वपश्चिम राजमार्गको जिरोमाइलबाट १६ किलोमिटर उत्तर विकट चुरे क्षेत्रमा अमलीटार अवस्थित छ । आगलागी स्थलमा प्रहरी टोली पुगेर घटनाबारे जानकारी लिने काम भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्