नख्खुलाई फुटसल उपाधि

नख्खुलाई फुटसल उपाधि

काठमाडौं – नख्खु फुटसलले दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नख्खुले दिलिप स्मृति प्रतिष्ठानलाई ५–३ गोलले पराजित ग¥यो । नख्खुका रफी महर्जन र भुवन राउतले २–२ तथा अभय राणाले १ गोल गरे ।

प्रतिष्ठानबाट अनिल खड्का, दिपेन्द्र खत्री र अमुल लामाले गोल गरे । उपाधिसंगै नख्खुले ७५ हजार तथा प्रतिष्ठानले ५० हजार नगद पुरस्कार पाए । सामाखुशी फुटसलमा भएको प्रतियोगितामा नेपाल रोलबल संघले तेश्रो स्थानमा चित्त बुझायो । रोलबलले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागलाई टाइब्रेकरमा ३–१ गोलले हरायो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । रोलबलले २५ हजार नगद पुरस्कार हात पा¥यो । प्रतिष्ठानका आशिष सोनाम उत्कृष्ट खेलाडी तथा नख्खुका अनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए । विजेतालाई नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोज मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगितामा २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष महेश महर्जनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्