सन्देश अवार्ड, सम्मान एवंम पत्रकारिता पुरस्कार बैककमा सम्पन्न

सन्देश अवार्ड, सम्मान एवंम पत्रकारिता पुरस्कार बैककमा सम्पन्न

बैकक ( थाइल्याण्ड ) । प्रदेश नं. ३ स्थित मकवानपुरमा रहेको सामुदायिक सञ्चार समूहद्वारा संचालित रेडियो सन्देश १०६.९ मेगाहर्ज र निकास साप्ताहिकको आयोजनामा “सन्देश अवार्ड, सम्मान एवंम पत्रकारिता पुरस्कार समर्पण समारोह – २०७५” थाइल्याण्डको बैककमा सम्पन्न भएको छ ।

गत विहिवार भएको सो समारोहको अध्यक्षता रेडियो सन्देश तथा निकास साप्ताहिकका अध्यक्ष सुनिल खड्काले गरेका थिए । थाइल्याण्डका लागि नेपाली राजदुत खगराज अधिकारी प्रमुख अतिथि, पूर्व सांसद प्रेम बहादुर बुलन विशेष अतिथि, यस्तै, प्रदेशसभा सदस्य विशाल खड्का, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष कमल गिरी, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का लगायत थाइल्यान्डस्थित विभिन्न राजनितिक र कुटनितिक एवंम एनआरए सम्बद्ध व्यक्तित्वहरु पनि अतिथिको रुपमा सो कार्यक्रममा उपस्थिति रहेका थिए ।


रेडियो सन्देशमा वार्षिक विज्ञापन सम्झौता गर्नेहरुलाई थाइल्याण्ड भ्रमण गराउने पूर्व घोषित कार्यक्रमसहित अध्यक्ष खड्काका पिता रामचन्द्र खड्का स्मृति पुरस्कार वितरण लगायत पत्रकारिता क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसहित अवार्ड वितरण गर्ने उद्धेश्यले थाइल्याण्डमा सो कार्यक्रममा गरिएको आयोजकले जनाएको छ । सो कार्यक्रममा भाग लिन गत साता नेपालबाट ७५ जनाको टोलि बैकक पुगेको थियो ।


कार्यक्रममा धारणा राख्ने सबैले विदेशमा हुने यस्ता समारोहले आम नेपालीहरुलाई अझै नयाँ प्रकारका काम गर्न हौसला प्रदान गर्ने तथा पत्रकारिता क्षेत्रले पनि आफ्नो पहुँच विस्तार गर्न सक्ने भनाई राखेका थिए ।


अध्यक्ष खड्काले आम पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउन र पत्रकारहरुलाई हौसला दिने उद्धेश्यका साथ बैककमा कार्यक्रम आयोजना गरिएको बताउदै सबैका साथ सहयोग पाएमा अझै उच्चस्तरका कार्यक्रमहरु आयोजना गर्ने आफु उत्साहित भएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्