१९ जना नेपालीलाई मलेसियाबाट उद्धार

१९ जना नेपालीलाई मलेसियाबाट उद्धार

काठमाडौं  घरफिर्ती केन्द्रमा रहेका १६ जना नेपालीलाई मलेसियाबाट उद्धार गरि नेपाल फर्काइएको छ ।

नेपाली राजदूतावास मलेसियाको पहलामा जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र अवस्थामा रहेका १६ जना नेपालीलाई स्वेदश फर्काइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जना नेपालीहरुको उद्दार गरी नेपाल पठाइएको राजदूतावासले जनाएको छ ।

मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उनीहरु जेलमा जघन्य मुद्दा झेली रहेको भन्ने झुटो डर त्रास देखाइ, उद्दार गरिदिने नामा पीडितका परिवारबाट नेपालमा ठूलो रकम उठाउने र विभिन्न मनि ट्रान्सफबाट रकम बुझी सम्पर्कविहीन हुने जानकारी दूतावासमा प्राप्त भएकोले यस्तो अपरिचित र अनाधिकृत व्यक्तिलाई कसैले आफन्त उद्दार गर्ने नाममा नेपालमा रकम नबुझाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्