चलचित्र हेरेर बाहिर निस्केका ओलीले भने ‘अनमोल केसी त चिन्या छैन मैले’

चलचित्र हेरेर बाहिर निस्केका ओलीले भने ‘अनमोल केसी त चिन्या छैन मैले’

चैत – बुधबार होली पर्वको छुट्टीका दिन प्रधानमन्त्री केपी ओलीले हलमा गएर चलचित्र हेरेका छन् । प्रधानमन्त्री ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका हुन् ।

नायक भुवन केसीले आफूले बनाएको चलचित्र देखाउन प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य तथा परिवारलाई आमन्त्रण गरेका थिए । चलचित्र हेरेपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूले अनमोल केसीलाई नचिनेको बताए । प्रधानमन्त्रीले यसो भन्दै गर्दा पछाडि रहेका नायक अनमोल केसी मुसुमुसु हाँसिरहेका थिए । अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भने, ‘अनमोल केसी त चिन्या छैन मैले, इशान खड्का मात्र चिन्या हो ।’

चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलसँग आधारित कथावस्तु छ । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ । चलचित्रमा उपासना सिंह ठकुरी, सरोज खनाल, प्रशान्त ताम्राकार, सुनिल थापालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन दिवाकर भट्टराईले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्