निर्मला पन्त हत्या प्रकरण: तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा

निर्मला पन्त हत्या प्रकरण: तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा

महेन्द्रनगर – निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै बर्खास्तीमा परेका नेपाल प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् ।

विष्ट मंगलवार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धनमा गम्भीर लापरबाही गरेको भन्दै पीडित परिवारले विष्टविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बयान दिनका लागि विष्ट मंगलवार अदालतमा उपस्थित भएका हुन् । पीडित परिवारले विष्टसहित नेपाल प्रहरीका ८ जना बर्खास्त र निलम्बित कर्मचारीवरुद्ध मुद्दा दायर गरेको थियो ।

अन्य ६ जना निलम्बित प्रहरी कर्मचारीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् भने विष्ट मंगलवार अदालतमा हाजिर भएका हुन् ।

यस्तै अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन डिएसपी (हाल निलम्बित) अंगुर जिसीलाई पनि बयानका लागि उपस्थित हुन सूचना जारी गरिसकेको छ । जिसी भने उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्