अख्तियारमा बयान दिँदादिँदै नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार

अख्तियारमा बयान दिँदादिँदै नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा भैरहवा हुँदै भारत गएको कान्तिपुर दैनिकमा खबर छ । उनले दुई पटक बयान दिइसकेका थिए भने अर्को पटक डाक्ने अख्तियारको तयारी थियो । सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ भएको तथा स्थलमार्गबाट भारत गएको पाइएको अख्तियार स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी घरमा नभएपछि उनका सहयोगी जुजुभाइ महर्जन र रोहति घिमिरेलाई प्रहरीले अख्तियारमा झिकाएर सोधपुछ गरेको थियो ।

त्यस्तै लाखौं ठग्दै मेडिकल कलेज शीर्षकको समाचारमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेलिकल कलेजले फरकफरक शीर्षक र दरमा लाखौं रकम अवैध रुपमा असुल्ने गरेको पाइएको छ । छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न सिफारिस गरेको छ ।

किस्ट कलेजले विवरण लुकाएको छ भने, युनिभर्सल कलेजले सरकारले तोकेभन्दा २ लाख ८४ हजार बढी, चितवन कलेजले २२ देखि ३५ लाख, नेसनल कलेजले १२ लाख र गण्डकी कलेजले १० लाख रुपैयाँ बढी रकम असुल्दै आएको भेटिएको छ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालालर्ए सामाजिक सञ्जाल उपभोगको थाले मात्र हुन नदिने बताएका छन् । उनले दर्ता नभए सामाजिक सञ्जाल नै बन्द बनेका छन् ।

त्यस्तै नेपाली धावले एसियालीस्तरको प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्