आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ छनोट (जुडो खेलाडी छनोट)

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ छनोट (जुडो खेलाडी छनोट)

काठमाडौं – आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट ८ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रन्जितकुमार यादव, ९० केजीमुनि झापाका मङलु मेचे र १०० केजीमुनि संखुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भए ।

महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए ।फुरी र सूर्यको जित काठमाडौंका फुरी शेर्पा र रामेछापका सूर्य तामाङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शनिबार जित हात पारेका छन् ।

फुरीले सिन्धुपाल्चोकका समुन्द्र लामालाई ३–० तथा सूर्यले ललितपुरका निशेष महर्जनलाई ३–१ को फ्रेममा पराजित गरे । त्यस्तै काभ्रेका किरण लामाले काठमाडौंका दीपजल ढुंगानालाई ३–१, ओखल्ढुंगाका शिव थापा मगरले काठमाडौंका आइडेन गुरुङलाई ३–१, काठमाडौंका विकेश राईले काठमाडौंका आशिष शाक्यलाई ३–१, मोरङका विशाल निरौलाले काठमाडौंका सागर केसीलाई ३–०, काठमाडौंका सक्षम श्रेष्ठले पर्वतका मुकुन्द गिरीलाई ३–०, काठमाडौंका सविन तामाङले काठमाडौंका छोपेल शेर्पालाई ३–२, वीरगन्जका प्रकाश स्वर्णकारले ओखल्ढुंगाका कृष्ण पौडेललाई ३–० र इलामका आशिष गौतमले काभ्रेका राजन गुरुङलाई ३–० ले हराए ।

अन्य प्रतिस्पर्धामा काठमाडौंका प्रवीण शाक्यले काठमाडौंका सागर चित्रकारलाई ३–०, तनहुँका सुजन ज्वारचनले काठमाडौंका विजय महर्जनलाई ३–०, कास्कीका नवीन राणाले काठमाडौंका तेन्जिङ शेर्पालाई ३–२, काठमाडौंका विनयसिंह ठकुरीले काठमाडौंका सुमेश लामालाई ३–१, ललितपुरका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१, काठमाडौंका दोर्जे शेर्पाले रुपन्देहीका विरेन शाक्यलाई ३–०, काभ्रेका निर्माण बोगटीले काभ्रेका नितेशराज भण्डारीलाई ३–१, रुपन्देहीका सारङ राणाले काठमाडौंका सूर्यबहादुर सुनुवारलाई ३–१, काभ्रेका विक्रम तामाङले काठमाडौंका दीपु शाक्यलाई ३–२, ललितपुरका सन्दिप मगरले काठमाडौंका रामकाजी काफ्लेलाई ३–१, काठमाडौंका निश्चल तामाङले सुनसरीका विकास गुरुङलाई ३–१, काठमाडौंका श्याम खड्गीले सिन्धुपाल्चोकका छेङ्गा लामालाई ३–१, तनहुँका अमिर श्रेष्ठले ललितपुरका निकेन महर्जनलाई ३–१, ललितपुरका तेन्जिङ शेर्पाले काठमाडौंका बविन प्रधानलाई ३–२, ललितपुरका सक्षम श्रेष्ठले ललितपुरका मन्डिद महर्जनलाई ३–१, काठमाडौंका लबु प्रजापतिले काठमाडौंका राजु उप्रेतीलाई ३–१, सिन्धुपाल्चोकका समुन्द्र लामाले मकवानपुरका प्रयास कर्माचार्यलाई ३–० र काठमाडौंका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१ ले पाखा लगाए ।

प्रतिक्रिया दिनुहोस्