तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना, चालकको मृत्यू

तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना, चालकको मृत्यू
Scene of a car crash

आलोक यादव , सिरहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा शनिवार विहान तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइल चलाउने नरहा गाउँपालिका ३ पानवारीका १८ वर्षीय अजय कुमार ठाकुरको मृत्यू भएको हो ।

ज. १२ प. ६६४९ नम्बरको मोटरसाईकल तीव्र गतिमा चलाउदा दुर्घटना हुँदा चालक ठाकुर गम्भिर घाईते भएको थियो । उपचारका लागि ठाकुरलाई तत्कालै मिर्चैयास्थित मँगलम हस्पिटल लगियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लग्ने क्रममा बाटोमै उनको मृत्यू भएको प्रहरीले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्