विप्लव नेतृत्व नेकपाका पोलिटब्यूरो सदस्य पक्राउ

विप्लव नेतृत्व नेकपाका पोलिटब्यूरो सदस्य पक्राउ

काठमाडौं – विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पक्राउ परेका छन् । शुक्रवार साँझ प्रहरीले पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएलगतै सरकारले पक्राउ शुरु गरेको छ । विप्लव नेकपाका नेता कार्यकर्तामाथी सरकारले धरपकड शुरु गरेको छ । नेता कार्यकर्तालाई जहाँ देखेपनि पक्राउ गर्न सरकारले प्रहरीले निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्