नेपालमा दाेस्राे लगानी सम्मेलन : साढे ३० खर्बका ६३ आयोजना स्वीकृत

नेपालमा दाेस्राे लगानी सम्मेलन : साढे ३० खर्बका ६३ आयोजना स्वीकृत

काठमाण्डौँ – सरकारकले काठमाडौंको सोल्टी होटेलमा यही चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनमा ५० भन्दा बढी देशका करिब २ सय ५० प्रतिनिधिको सहभागित रहने भएको छ । स्वदेशी र विदेशी लगानीकर्ता गरी लगभग ५ सय जनाको उपस्थितिमा हुन लागेको लगानी सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

लगानी सम्मेलनका लागि करिब ५ सय लगानीकर्तालाई निमन्त्रणा गरे पनि त्यसको आधाजति मात्रै उपस्थित हुने अनुमान छ । करिब साढे ३० खर्बका आयोजनाहरुमा सरकारले विदशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न आयोजनाहरुको विवरण देखाउने भएकाे छ । यसका लागि ६३ अायाेजना/परियाेजनाहरुकाे सूची स्वीकृत गरिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले लगानी गर्न तयारी अवस्थामा रहेका सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई लगानी सम्मेलनमा प्रस्तुतिका लागि स्वीकृत गरेकाे हाे । तत्काल लगानी गर्न योग्य अवस्थामा रहेका आयोजनालाई लक्षित गर्दै बैठले ६३ आयोजना छनोट गरेको बाेर्डले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्