फेवातालमा गण्डकी मेडिकल कलेजका एक विद्यार्थी मृत फेला

फेवातालमा गण्डकी मेडिकल कलेजका एक विद्यार्थी मृत फेला

पोखरा – फेवातालमा एक विद्यार्थी मृत फेला परेका छन् ।

मृतक व्यक्ति गण्डकी मेडिकल कलेजका विद्यार्थी रहेकाे खुलेकाे छ । प्राप्त जानकारीअनुसार मृतक म्याग्दीका शिशिर केसी हुन् । उनले फेवातालमा हाम फालेका थिए ।

उनी गण्डकी मेडिकल कलेजबाट एमबिबिएस सकेर बसेका थिए । म्याग्दीकाे बेनी स्थायी घर भर्इ हाल पाेखराकाे रत्नचोक बस्दै आएका केसी मृत फेला परेका थिए ।

उनी पहिलेदेखि नै मानसिक समस्या झेल्दै आएकाे तथा औषधि सेवन गर्दै आइरहेको उनीसँगै पढ्ने सहपाठीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्