आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

काठमाण्डौँ – स्क्वास खेलाडी छनोटकाठमाडौं, फागुन २९ गते । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट स्क्वास खेलाडी छनोट भएका छन् । समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

पुरुषमा काठमाडौंका प्रवीणवीरसिंह कंशाकार, ललितपुरका राजेन्द्र शाक्य, काभ्रेका अमिर ब्लोन र ललितपुरका विनोदरत्न शाक्य रहेका छन् । महिलामा रामेछापकी भावना सुनुवार, काभ्रेकी विपना ब्लोन, ललितपुरकी स्वस्थानी श्रेष्ठ र रामेछापकी मन्जिला मगर छन् ।

प्रतिक्रिया दिनुहोस्