ईपीएस कोरिया शाखाले १२ हजारमात्र आवेदन लिने

ईपीएस कोरिया शाखाले १२ हजारमात्र आवेदन लिने

काठमाण्डौँ – रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरिया जान लाखौंको संख्यामा आवेदन पर्न थालेपछि ईपीएस कोरिया शाखाले १२ हजारमात्र आवेदन लिने भएको छ ।

यो वर्ष अहिलेसम्मकै बढी कामदार लैजाने घोषणा गरेको शाखाले पहिले आउनेलाई पहिलो प्राथमिकता दिएर १२ हजार मात्र निवेदन लिने जनाएको हो । विगतका वर्षहरुमा लाखौंको संख्यामा निवेदन पर्ने गरेको, अघिल्लै दिनबाट फर्म भर्न लाईनमा बस्ने गरेको, भिडभाडले झडपको सम्भावना बढेको लगायत कारण देखाउँदै आधिकारिक वेभसाईटबाट मात्र फर्म भर्न शाखाले आग्रह गरेको छ । रोजगार अनुमती प्रणाली ईपीएसमार्फत कोरिया जान चाहानेका लागि चैत्र ८ देखि १७ गतेसम्म आवेदन खुला हुनेछ । स्वीकार भएका १२ हजार आवेदक माझ प्रतिस्पर्धा गराएर १० हजार ५० कामदारको छनोट गर्ने ईपीएसको भनाई छ ।

भाषा परीक्षा काठमाण्डौ र पोखरामा जेठ २५ र २६ गते हुनेछ । नतिजा असार १३ गते प्रकाशन हुनेछ । कोरियाले उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार नेपाली कामदार लैजाने जनाएको छ ।   भाषा परीक्षा उर्तिण हुनेले दोस्रोे चरणमा स्किल टेष्ट पास गरेपछि मात्र रोजगार आवेदन फारम भर्न पाउनेछन् । भाषा परिक्षामा १८ वर्ष पुरा भई ३९ बर्ष ननाघेका ब्यक्तिले सहभागी हुन पाउने शाखाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्