भन्सार चोरी पैठारीका समान बरामद

भन्सार चोरी पैठारीका समान बरामद

आलोक यादव , सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका प्रहरी चौकी औहरीबाट खटिएका प्रहरी टोलिले औरही गाउँपालिका वाड नम्बर ४ ईटाटार स्थित चेकजाँचको क्रममा भन्सार चौरी पैठारीका समान प्रहरीले प्रक्राउ गरेका छन ।

पक्राउ परेका समानहरुमा जिन्स ३६ पिस, पप्लिन कपडा ७ थान, बच्चा सेट ७१ थान, बाबा सेट १८ थान, भेस्ट १४२ पिस, मखमलि ११ पिस, लेडिज भेस्ट १२ पिस, लेडिज सुट ६ सेट,लेडिज स्यान्डी २० पिस, सर्ट २७ पिस, सल ३० पिस, साडी ११ पिस, स्यान्डो ७० पिस, हाफ प्यान्ट ६ पिस र स ६ प ४७४२ नम्बरको मोटरसाईकल १ थान गरी जम्मा १ लाख ५० हजार ५ सय ८५ मुल्य बराबरको समान पक्राउ परेको छ । फेला परेको समान भन्सार कार्यालय माडरमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि तथा प्रबक्ता माधवराज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्