पत्रकारसंग गरेको दुव्र्यवहारप्रति महासंघद्वारा भत्र्सन

पत्रकारसंग गरेको दुव्र्यवहारप्रति महासंघद्वारा भत्र्सन

आलोक यादव,                                              

सिरहा – डा.सीके राउतका नेता कार्यकर्ताले समाचार संकलनमा खटिएका पत्रकारलाई जनकपुरधाम विमानस्थलमा गरेको दुर्व्यवहारप्रति पत्रकारसँग आबद्ध संघ संगठनले घोर भत्र्सना गरेका छन् ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघ धुनषाले विमानस्थलमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई सीके राउतका निजी सुरक्षा गार्ड र कार्यक्रताले गरेको अवरोध र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

जुनसुकै विचारधाराको राजनीतिक दल वा संघ संगठनले उनीहरूको गतिविधीको समाचार स्वतन्त्र रुपमा संकलन गर्न पाउनु पर्ने भए पनि राज्यको चौथो अंग भनिएका सञ्चारकर्मीमाथिको दुर्व्यवहार निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ । साथै यस्ता गतिविधि पुनः दोहोरिए महासंघ धनुषा विरोधका कडा कदम चाल्न बाध्य हुने सचेत गराएको छ ।
त्यसैगरी मधेशी पत्रकार समाज धनुषाले पनि एक विज्ञप्ति जारी गरी समाचार संकलनका लागि गएका पत्रकारलाई सीके राउतका कार्यकर्ताले दुर्व्यवहार गर्नु गलत हो भन्दै त्यसप्रति घोर भत्र्सना आपत्ति जनाएका छन् ।

स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा.सिके राउतले जनकपुरधाममा दादागीरी देखाएका थिए । शुक्रवार प्रधानमन्त्री केपी ओलीसंग सहमती गरेर मुलधारमा आएका राउत आईतवार जनकपुर आएपछि प्रतिक्रिया लिन खोज्दा उनीसहित समर्थकहरुले सञ्चारकर्मीहरुलाई धक्कामुक्की गर्दै दुव्यवहार गरेका थिए ।

जनकपुरमा सिके राउतको दादागीरी, पत्रकारसँग दुव्र्यवहार

प्रतिक्रिया दिनुहोस्