बलात्कारपछि हत्या ! घटनाको सफल अनुसन्धान गर्ने दुई प्रहरी सर्वोत्कृष्ट घोषित

बलात्कारपछि हत्या ! घटनाको सफल अनुसन्धान गर्ने दुई प्रहरी सर्वोत्कृष्ट घोषित

विराटनगर कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने दुई प्रहरी प्रदेश १ भरीकै सर्वोत्कृष्ट घोषित भएका छन् ।

बलात्कारपछि गरिएको हत्याको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरीका नायब निरीक्षक (सइ) विकास खत्री र प्रहरी हवल्दार शलीराम राजवंशीलाई सर्वोत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरिएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जघन्य अपराधको सफल अनुसन्धान गरेर अनुसन्धानलाई निस्कर्षमा पु¥याउन उल्लेखनीय भूमिका खेलेको भन्दै खत्री र राजवंशीलाई प्रदेशभरीबाटै ‘बेष्ट पुलिस अफ दी मन्थ’ को उपाधिबाट पुरस्कृत गरेको हो ।

बलात्कारपछि बालिकाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न खत्री जिल्ला प्रहरी कार्यालय मोरङ र राजवंशी प्रदेश १ प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समुहबाट खटिएका थिए ।

पुनरावेदन अदालत न्यायाधीश सुरक्षा गार्ड इलाम दरबन्दी भएका सइ खत्री मोरङ र दंगा नियन्त्रण प्रहरी गण सुनसरी दुहवी दरबन्दी भएका हवल्दार राजवंशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्