पोखराको क्लब ९९ मा भीषण आगलागी

पोखराको क्लब ९९ मा भीषण आगलागी

कास्की – पोखराको हल्लनचोकस्थित क्लब ९९ मा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सिलिण्डर पड्किएर आगलागी भएको स्थानीयले जनाएका छन् । शुक्रबार राति ९ बजेपछि आगलागी भएको हो । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर पड्किएपछि फैलिएको आगलागीबाट माथिल्लो तल्लामा रहेको क्लब ९९ मा समेत क्षति पुगेको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।
खबरहबसँग कुरा गर्दै उनले भने–‘आगो नियन्त्रणको प्रयास जारी छ, आगलागीबाट बर्गर क्याफे र क्लब ९९ का भौतिक सामग्री जलेर नष्ट भएका छन् । क्षतिको एकिन विवरण आउन बाँकी छ ’

प्रतिक्रिया दिनुहोस्