तेक्वान्दो टोली थाइल्यान्ड जाने

तेक्वान्दो टोली थाइल्यान्ड जाने

काठमाण्डौँ – दोश्रो बुराफा युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार थाइल्यान्डको चोन्बुरी प्रस्थान गरेको छ ।

मार्च ९ तारिखमा हुने प्रतियोगितामा विनोद बस्नेत, प्रवेश दवाडी, दिनेश राई, प्रज्ज्वल दवाडी, दीपक दुलाल, शैलेन्द्र घिमिरे, सन्तोष पौडेल, अनिल आले, राजेशकुमार तामाङ, उज्ज्वल श्रेष्ठ, निशा श्रेष्ठ, मेलिना गुरुङ मगर र फुलमाया कुमालले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

टिम प्रशिक्षकमा रोशन खान, टिम व्यवस्थापकमा कृष्णप्रसाद सिलवाल तथा अन्तर्राष्ट्रिय निर्णायकमा अशोक खड्का र मीन न्यौपाने छन् । अशोक पोर्ट स्टेफन तेक्वान्दो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबारै अस्ट्रेलिया गएका छन् । त्यसपछि अशोक त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन थाइल्यान्ड जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्