फ्यूज सेवाको समुद्घाटन

फ्यूज सेवाको समुद्घाटन

मिर्चैया नगरपालिका बडा नं. २ मा एक कार्यक्रमबिच फ्यूज सेवाको आजै समुदघाटन गरिएको छ । नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

टाढाका उपभोक्तालाई समान्य समस्याका लागि मिर्चैया धाउनुपर्ने बाध्यताबाट मुक्त गर्ने उदेश्यले सेवा विस्तार गरिएको प्रमुख महतोले बताए । फ्यूज सेवा मार्फत तत्कालै बिद्युतको समान्य मर्मत, फ्यूज लगाउने र ग्राहकलाई भैपरी आउने समस्या समाधान गर्ने नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदले बताए ।

विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतो, विशिष्ट अतिथिका रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादब, अतिथिका रुपमा बडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादब र बडा नं. २ का बडा अध्यक्ष लक्ष्मेश्वर कापर लगायत स्थानियबासीहरुको उल्लेनिय उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्