मिर्चैया : चुहावट रोक्न विपन्नलाई निःशुल्क मिटर

मिर्चैया : चुहावट रोक्न विपन्नलाई निःशुल्क मिटर

लाहान ,सिरहा – नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई निःशुल्क मिटर वितरण थालेको छ ।

नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको निर्देशन बमोजिम विपन्न वर्गका घर परिवार र सांस्कृतिक महत्वका सम्पदाका लागि निःशूल्क मिटर वितरण गर्ने काम आज (विहिबार) बाट सुरु गरिएको नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादबले बताए ।

निःशूल्क मिटर वितरण योजना अन्तर्गत पहिलो चरणमा मिर्चैया नगरपालिका बडा नं. २ मा २५ गरीब घरपरिबारलाई बिद्युत मिटर प्रदान गरिएको उनले बताए ।  विद्युत चुहावट रोक्न सरकारले निःशूल्क मिटर वितरण योजना अघि सारेको बमोजिम विपन्न वर्गलाई यस्तो मिटर निःशूल्क वितरण गरिएको प्रमुख यादबको भनाई छ ।

गरिब वर्गहरूले अहिले पनि मिटर जडान नगरी हुकिङबाट बिजुली बाल्दा बिद्युत चुहावट नियन्त्रणमा समस्या भईरहेको अबस्थालाई मध्यनजर गरी आबश्यक भएको घरपरिबारलाई अध्ययन गरी अगामी दिनमा पनि निःशुल्क मिटर बितरण गर्ने लक्ष्य रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्