विप्लवको गाउँ कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन

विप्लवको गाउँ कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन

बुटवल – नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन चलाएको छ ।

अवैध हातहतियार भएको सूचनाका आधारमा शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बिहीबार विहानै प्रहरी टोली पुगेको थियो ।

प्रहरी टोलीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । प्रहरी टोली आएको देखेपछि भाग्न खोजेको उनलाई खुट्टामा गोली हानेर पक्राउ गरिएको छ । उनको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

रोकाको घरबाट एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्